खोलामाथि घर र बाटो होइन, कतै कतै पुल बनाउन पर्छ : मेयर बालेन्द्र शाह

काठमाडौँ महानगपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्ने जनाएका छन् ।

आज काठमाडौँ प्लाजा नजिकको सडक भासिएपछि  बालेनले सामाजिक सञ्जालमा भिडियोसहित एक स्ट्याटस पोस्ट गर्दै मान्छेले खोलामाथि घर र बाटो होइन, आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्ने जनाएका हुन् ।

उनले लेखेका छन्, ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’