रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्ने डा. निकोलासलाई प्रहरीले कारवाही गर्ने

जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसालविरुद्ध कारबाही गर्ने तयारी गरेको छ।

प्रहरीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त फोटोले अनुसन्धानमा नकारात्मक प्रभाव पार्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा प्रहरीले भनेको छ, ‘फोटो प्रकाशन र सम्प्रेषण गर्ने कार्यमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याई, नेपालको संविधान तथा प्रचलित ऐन कानूनअनुसार फौजदारी न्याय प्रणालीका मान्यताहरू पालना गर्दै प्रमाणमुखी अनुसन्धान गरिनेछ।’

डा. निकोलासले आफ्नो फेसबुक आइडीबाट उक्त फोटो सार्वजनिक गरेको र फोटो आफूले खिचेको स्वीकार पनि गरिसकेको जनाइएको छ।

20471e06 9e87 4efa 9f9b 1d64ba46fb31