बुटवलमा अन्तर्राष्ट्रियस्तरको कर्णेल उजिरसिंह थापा रङ्गशाला निर्माण सुरु
रुपन्देही – बुटवल उपमहानगरपालिका–१३ सालघारीस्थित जबई खेल मैदानलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको कर्णेल उजिरसिंह थापा रङ्गशाला बनाउन काम सुरु भएको छ।
बुटवलको जितगढीमा अङ्ग्रेज फौजसँगको ऐतिहासिक लडाइँ जिती नेपाली वीरता विश्वभर फैलाउने कर्णेल थापाको सम्मानमा यो रङ्गशाला बन्न लागेको हो। लुम्बिनी प्रदेश सरकारले दुई चरणमा ५३ करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा १० करोड ७६ लाख लागतको कामका लागि ८ करोड ५२ लाखमा ठेक्का सम्झौता भइसकेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ।
रङ्गशालामा करिब २० हजार दर्शक अट्ने आधुनिक प्याराफिट, अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान, बहुउद्देश्यीय खेल मैदान, भलिबल कोर्ट, एथलेटिक ट्र्याक, स्विमिङ पुल, एक्वाटिक सेन्टर, पार्किङ, बालउद्यानलगायत संरचना बन्नेछन्।
लामो समय वनको अवरोधका कारण रोकिएको परियोजना उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पहलमा अघि बढेको हो। स्थानीय जनप्रतिनिधि, खेलकुदप्रेमी र भूतपूर्व सैनिकहरूले रङ्गशाला निर्माणको कार्य अघि बढेकामा खुशी व्यक्त गर्दै निर्माण गुणस्तरीय बनाउन आग्रह गरेका छन्।
यस परियोजनाको विस्तृत डिजाइन तयार भइसकेको र अब द्रुतगतिमा काम अघि बढ्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ।रुपन्देही – बुटवल उपमहानगरपालिका–१३ सालघारीस्थित जबई खेल मैदानलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको कर्णेल उजिरसिंह थापा रङ्गशाला बनाउन काम सुरु भएको छ।
बुटवलको जितगढीमा अङ्ग्रेज फौजसँगको ऐतिहासिक लडाइँ जिती नेपाली वीरता विश्वभर फैलाउने कर्णेल थापाको सम्मानमा यो रङ्गशाला बन्न लागेको हो। लुम्बिनी प्रदेश सरकारले दुई चरणमा ५३ करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा १० करोड ७६ लाख लागतको कामका लागि ८ करोड ५२ लाखमा ठेक्का सम्झौता भइसकेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ।
रङ्गशालामा करिब २० हजार दर्शक अट्ने आधुनिक प्याराफिट, अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान, बहुउद्देश्यीय खेल मैदान, भलिबल कोर्ट, एथलेटिक ट्र्याक, स्विमिङ पुल, एक्वाटिक सेन्टर, पार्किङ, बालउद्यानलगायत संरचना बन्नेछन्।
लामो समय वनको अवरोधका कारण रोकिएको परियोजना उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको पहलमा अघि बढेको हो। स्थानीय जनप्रतिनिधि, खेलकुदप्रेमी र भूतपूर्व सैनिकहरूले रङ्गशाला निर्माणको कार्य अघि बढेकामा खुशी व्यक्त गर्दै निर्माण गुणस्तरीय बनाउन आग्रह गरेका छन्।
यस परियोजनाको विस्तृत डिजाइन तयार भइसकेको र अब द्रुतगतिमा काम अघि बढ्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ।