नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द

यु–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम तथा दोस्रो खेल वर्षाका कारण रद्द भएको छ। 

नेपालले भारतलाई जितका लागि ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, जवाफमा भारतले ३.१ ओभरमा बिना विकेटको क्षतिमा २८ रन बनाउँदा वर्षाले खेल अवरुद्ध हुन पुगेको थियो।

वर्षा नरोकिएपछि थप खेल हुन सकेन र खेल रद्द हुँदा दुवै टिमले १–१ अङ्क बाँडेका छन्। अङ्कतालिकामा दुवै टिमको समान ३–३ अङ्क भए पनि नेट रनरेटमा अघि रहँदै भारत शीर्ष स्थानमा रह्यो।