साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलका लागि बुधबार बिहान टिकट विक्री खुला गरिने भएको छ।
अखिल नेपाल फुटबल संघ-एन्फाले बिहान ८ बजे जावलाखेल मैदानमा टिकट बिक्री सुरु हुने जनाएको छ। एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्नेछन्।
टिकट अनलाइनबाट खरिद गर्न सकिने छैन। यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ।





