क्यानको मुख्यालयमा अख्तियारको छापा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यालयमा छापा मारेको छ। आज (बुधबार) कार्यालय खुल्नेबित्तिकै अख्तियारको एक टोली पुगेर छापा मारेको हो । सो क्रममा अख्तियारको टोलीले केही कागजात बरामद गरेको जनाईएको छ । यसअघि नै प्राधिकरणमा अख्तियारले छापा मार्ने हल्ला थियो । आर्थिक अनियमितता भएको कुरा सडकदेखि सदनसम्म उठेको थियो ।

क्यानका डिजी प्रदीप अधिकारीलाई हटाउने बारेमा पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले पनि उच्च नेतृत्वसँग परामर्श गरिरहेको बेलामा क्यानको मुख्यालयमा अख्तियारले छापा मारेको हो ।