माया खोला हाइड्रोपावरले १ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने

माया खोला हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशनका लागि सिटिजन्स क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धमा नियुक्त गरेको छ । 

एक कार्यक्रमको आयोजना गरी माया खोला हाइड्रोपावर र सिटिजन्स क्यापिटलबीच माया खोला हाइड्रोपावरको हकप्रद सेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो । 

उक्त सम्झौतामा माया खोला हाइड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । 

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले माया खोला हाइड्रोपावर लिमिटेडको १ करोड कित्ता हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति लिन गर्नुपर्ने कार्यहरू तथा अनुमति पश्चातको बिक्री प्रबन्धकको कार्यहरू गर्नेछ । 

माया खोला हाइड्रोपावरको स्थापना २०६७ सालमा प्रा.लि.को रूपमा भई २०७३ सालमा लिमिटेडमा रुपान्तर भएको हो । 

यस कम्पनीले सङ्खुवासभा जिल्लामा १४ं.९ मे. वा. क्षमताको माया खोला हाइड्रोपावर आयोजनाको निर्माण गरि २०८० असारदेखि विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरण्लाइे बिक्री गर्दै आइरहेको   छ । यस कम्पनीले सर्वसाधारणहरूलाई २०७९ माघमा प्राथमिक सेयर जारी गरेको थियो ।