प्रि ओपन सेसनमा ३.४६ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.४६  अंक बढेर २६७४.५३ विन्दुमा आइपुगेको छ।

यस सेसनमा ४८ लाख ४० हजार ८८४ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५० कम्पनीको ९ हजार ८६९ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।