साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.४६ अंक बढेर २६७४.५३ विन्दुमा आइपुगेको छ।
यस सेसनमा ४८ लाख ४० हजार ८८४ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५० कम्पनीको ९ हजार ८६९ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २१ कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।





