साताको पाँचौ कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.५२ अंक बढेर २६६६.६१ विन्दुमा आइपुगेको छ।
यस सेसनमा ३ करोड ९ लाख ३४ हजार ९९ रुपैयाँको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५५ कम्पनीको ६४ हजार ४०७ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये ५५ कम्पनीको सेयर मूल्य बढ्दा १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ।





