आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । यो साता सुनको मूल्यमा लगातार वृद्धि भएको हो । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आइतबारको तुलनामा हिजो सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो ।
यस्तै चाँदीको मूल्य पनि आज तोलामा १ सय ५ रुपैयाँ बढेको छ । आज चाँदी तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ । हिजो सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार भने चाँदीको भाउ प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





