सिन्धुलीस्थित नेपाल एसबिआई बैंकमा लुटपाट, सुरक्षा गार्डको हात काटियो

नेपाल एसबिआई बैंकको सिन्धुलीस्थित शाखा लुटिएको छ ।

बेलुकीतिर बैंकमा प्रवेश गरेका लुटेराहरूले सुरक्षा गार्डमाथि आक्रमण गर्दै उनको हात काटिदिएका छन् भने बैंकका कर्मचारीलाई बाँधेर नगद रकम लुटेर फरार भएका छन्।

स्थानीय बिर्ख वाइवा तामाङ्गका अनुसार बैंक लुटेराहरु बैंक लुटेर भागेका छन् भने हात काटिएका सुरक्षा गार्डलाई उपचारका लागि अस्पताल लगिएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।