सुनको भाउ घट्याे, चाँदी हाल सम्मकै महङ्गो – सुन र चाँदी

सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ७० हजार ६सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७० हजारमा करोबार हुने नेपाल सुन र चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा ६० रुपैयाँले बढेर ४८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।