सुन चाँदीको मूल्य बढ्यो

साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ हजार १०० रुपैयाँले बढेको हो । आज  छापावाल सुन तोलामा प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।