साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ हजार १०० रुपैयाँले बढेको हो । आज छापावाल सुन तोलामा प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





