छापावाल सुन तोलामा ४ सय रूपैयाँले बढ्यो 

साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढेको छ। यससँगै नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५१ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यद्यपि, चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।