४४ अकंले बढ्यो पुँजी बजार,३ अर्ब ७१ करोडको सेयर कारोबार

नेप्से ४४.४५ अकंले बढेर २५०८.८६ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोडको सेयर कारोबार भएको हो ।  आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६९ लाख रुपैयाँको  सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।  आज सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु सेलेक्ट फन्डका इकाईधनी रहेका छन्। आज यस फन्डका इकाईधनीले ९.३६ प्रतिशतका दरले गुमाएका हुन् ।