असोज १३ गतेदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने

नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैं लक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ । दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले  यस पटक भने सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो । यस पटक दशैंलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ ।