नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न वैशाख ८ गते मंगलबार निर्वाचन हुने भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयले मंगलबार दलको नेताको निर्वाचन हुने कार्यक्रम तय भएको भन्दै उपत्यका बाहिर रहेको भए सोमबारसम्म काठमाडौँ आइपुग्न मोबाइलमा एसएमएस पठाएको छ ।
उपत्यकामा भएका सांसदहरूलाई बाहिर नजान पनि एसएमएसमा आग्रह गरिएको छ । ‘नेका संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाडौँ उपत्यका बाहिर रहनुभएका माननीय ७ गतेभित्र आउनुहुन र उपत्यकामा हुन भएका माननीय बाहिर नजानु हुन जानकारी गराइन्छ,’ दलले सांसदहरूलाई पठाएको सूचनामा उल्लेख छ ।
कांग्रेसका प्रतिनिधि सभामा ३८ सांसद छन् ।





