बडादशैँअन्तर्गत नवरात्रको आज पाँचौँ दिन शक्तिस्वरूपा देवी स्कन्दमाताको पूजा आराधना गरिँदैछ। देशभरका शक्तिपीठहरूमा र घरघरमा स्थापना गरिएको जमरा घरमा आज बिहानै शुद्ध भएर देवी स्कन्दमाताको विधिवत् पूजा अर्चना गरिन्छ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डा देवीको पूजा गरिएको थियो। नवरात्रका बाँकी दिनमा क्रमशः छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्री देवीको पूजार्चना गरिनेछ।