नेपाल क्रिकेट संघले (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरेको छ । क्यानले हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरी लोगो र मिति सार्वजनिक गरेको हो ।
क्यानले प्रिमियर लिगको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म गर्ने घोषणा गरेको छ । रातो रंगको लोगोमा बल र ब्याटका साथै चन्द्र र सूर्य देख्न सकिन्छ ।