म्यानचेस्टर युनाइटेडलाई हराउँदै सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि

इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले उपाधि जितेको हो। ​ वेम्बली रंगशालामा भएको खेलमा प्रिरमियर लिग विजेता सिटीले बाजी मार्‍यो।

कम्युनिटी सिल्डलाई इंग्ल्यान्डमा नयाँ सिजनको सुरुआत हुने समयमा अयोजना गरिने गर्दछ।  अघिल्लो सिजनको कम्युनिटी सिल्डको उपाधि आर्सनलले जितेको थियो।