सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने

7 5

 सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय तथा अन्तर्गतका विभाग संघीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग भएको छलफल पश्चात उक्त निर्णय गरिएको हो ।

बैठकले आ-आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र सरकारी अस्पतालमा बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । ७३ वटा जिल्लाहरुमा २३६५ डेंगु संक्रमितहरु पुष्टी भएका छन् । जसमध्ये तनहुँमा एक ५० वर्षीया पुरुषको मृत्यु भएको छ ।

समन्धित समाचार