चितवनको भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिनको एमप्लिफायर चट्याङ् लागेर बिग्रिंदा सेवा बन्द भएको छ । १६ गते परेको चट्याङ्गले मेसिनमा जडान गरिएको एमप्लिफायर बिग्रिएको थियो ।चट्याङले बिग्रिएको सामान जर्मनीबाट मगाउनु पर्ने अस्पतालले जनाएको छ । अस्पतालमा एमआरआई सेवा ४ दिनदेखि बन्द हुँदा बिरामीलाई समस्या पर्न थालेको छ । दैनिक १४–१५ जना बिरामीको एमआरआई हुँदै आएको थियो ।
भरतपुर अस्पतालको एमआरआई सेवा बन्द
