प्रधानमन्त्री ओलीले दिए महिला क्रिकेट टिमलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले एसीसी महिला एसिया कप क्रिकेटमा यूएईविरुद्ध ऐतिहासिक विजय हासिल गरेकाेमा नेपाली महिला क्रिकेट टाेलीलाई बधाई दिएका छन् ।

ओलीले सामाजिक सञ्जालबाट बधाई दिएका हुन् । शुक्रबार श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा भएको उद्‌घाटन खेलमा नेपालले यूएईमाथि ६ विकेटको कीर्तिमानी जित निकालेको हो । यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

एसिया कपमा तेस्रोपटक सहभागिता जनाइरहेको नेपालको यो पहिलो जित हो । यसअघि नेपाल सहभागी एसिया कपका दुई संस्करणमा नेपालले कुनै पनि खेलमा जित हात पार्न सकेको थिएन ।