चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता बस ड्रोनमार्फत खोजिने भएको छ ।
पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य सुरु भएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रका बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नौ गोताखोरसहित २५ जना र १७ नम्बर गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज खोजीकार्यमा परिचालित भएको छ । नेपाली सेना र नेपाल प्रहरी पनि खोजीकार्यमा परिचालित रहेको छन् ।
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूली नदिमा खसेको थियो ।





