चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर बेपत्ता भएका दुई बसका यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निशुल्क खाना खुवाउने भएका छन् ।
होटल व्यवसायी संघ चितवनले विज्ञप्ति निकाल्दै यस्तो जानकारी दिएको हो । पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको संघले जनाएको छ ।




