पहिरोमा अड्किए गोताखोर, उद्दार कार्यमा ढिलाई

21

नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको प्रहरीले जनाएको छ ।

नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको हो । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको थियो। त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अज्ञात रहेको छ ।उद्धार कार्यका लागि नारायणगढबाट गोताखोर आउँदै गरेको छ । सो खण्ड अन्तर्गतको कालीखोलाको पहिरोमा गोताखोरहरु अड्किएका कारण उद्धार कार्य सुरु हुन नसकेको प्रहरीले जनाएको छ । ‘अहिले घटनास्थलमा उद्धार कार्य सुरु गर्न सक्ने अवस्था छैन । सडकको माथिबाट आएको लेदो सहितको पहिराले बसलाई त्रिशूलीमा मिसाएको हो ।

लेदो सहितको पहिरो भएकाले काम गर्न कठिन भइरहेको छ ।’ प्रहरीले भन्यो , ‘बसका यात्रुहरूको अवस्था अज्ञात छ । उद्धार कार्यका लागि गोताखोर बोलाइएको छ । गोताखोरह पनि पहिरोका कारण अड्किएका छन् । काली खोलामा ठुलो पहिरो खसेकाले गोतखोरहरु घटनास्थल पुग्न सकेका छैनन् । गोताखोर नभई उद्धार कार्य सुरु गर्न सकिन्न ।’

 

समन्धित समाचार