नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

uml sachibalaya 1719923636

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले २०८१ साललाई सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियानको रुपमा चलाउने यसअघि नै निर्णय गरिसकेको छ ।

समन्धित समाचार