अविरल वर्षाका कारण देशभरमा ३६ वटा सडक खण्ड पूर्णरुपमा अवरुद्ध

lok marga madhya pahadi lamjung

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरमा ३६ वटा सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (शनिबार) दिउँसो सार्वजनिक गरेको विवरण अनुसार कान्ति लोकपथ र चित्लाङ मकवानपुर सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै संखुवासभाको मकालु गाउँपालिका–३ स्थित दक्षिण कोशी राजमार्ग र भोटखोला गाउँपालिका–४ स्थित कोसी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । साथै यो सडक खण्ड वर्षाभरि नखुल्ने पनि प्रहरीले जनाएको छ । त्यस्तै, रसुवा, मकवानपुर, सिन्धुली, काभ्रे, मनाङ, म्याग्दी, लमजुङ, स्याङ्जा, तनहुँ, प्युठान, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, दाङ, बझाङ, दार्चुला र अछामका विभिन्न स्थानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

1 1 2 1 3 1

समन्धित समाचार