देउवा र ओलीबीच भएको नयाँ सहमतिपत्र अझै गोप्य

deuoli

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सोमबार मध्यरातको सहमति दुवै पार्टीका उपल्लो निकायबाट अनुमोदन भएको छ । तर, बुधबारसम्म देउवा र ओलीबीच भएको मूल सहमति गोप्य राखिएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी बैठकमा पनि मूल सहमतिको पत्र सार्वजनिक नगरेको र सार निर्णयमा समेटिएको बताए ।

‘सहमतिपत्र हामीले सार्वजनिक गरेका छैनौँ । सहमतिको मुख्य सार बैठकको निर्णयमा आएको छ । पार्टीलाई पनि जानकारी गराइएको छ । सार्वजनिक गर्ने विषयबारे तत्काल हामीले सोचेका छैनौँ,’ उनले भने ।

एक पदाधिकारीको दाबीअनुसार तत्काल सार्वजनिक गर्दा परिस्थिति भड्किन सक्ने आशंकाले सहमतिपत्र गोप्य राखिएको हो ।

समन्धित समाचार