प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने विषयमा गृहमन्त्री रवि लामिछानेसँग सल्लाह गरेपछिमात्रै निर्णय लिएको बुझिएको छ । लामिछानेले यो एक महिनाभित्र विश्वासको मत लिने समय हुँदा राजनीतिमा धेरै कुरा तलमाथि गर्नसकिने विश्वास दिलाएको स्रोतको दाबी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा र पूर्व गृहमन्त्री रामबहादुर थापाको छोरा प्रतिक पक्राउ परेपछि राजनीति तरंगित बनेको माओवादी नेताहरुको बुझाई छ । झा पक्राउसँगै तत्काल कडा एक्शन लिनेगरि गृहमन्त्री लामिछाने अघि बढेको र उनलाई प्रहरीको माथिल्लो केही अधिकारीले साथ दिएको चर्चापनि छ ।