रामबहादुर बमजनलाई बालयौन दुराचारको मुद्दामा १० वर्ष जेल सजाय

bomjan

आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले बालयौन दुराचारको मुद्दामा १० वर्ष जेल सजाय सुनाएको छ।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको एक सातापछि सजाय सुनाउँदै अदालतले निजले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने पनि निर्णय दिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले बीबीसी न्यूज नेपालीलाई बताए।

सरकारी अभियोजनकर्ताहरूले बमजनलाई १२ देखि १४ वर्षको जेल सजाय माग गरेका थिए। पछिल्लो समय बमजन पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्। तल्लो अदालतले दोषी ठहर गरेका बमजन यस फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदनका लागि जान सक्छन्। उनले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएका छन्।

 

समन्धित समाचार