पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस

20242635112 poshraj pokharel

प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस हुनुभएको छ ।

गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो । सोमबार बसेको बढुवा समितिको बैठकले निर्णय गरेको प्रहरी महानिरीक्षक एवं बढुवा समितिका सदस्य-सचिव बसन्तबहादुर कुँवरले जानकारी गराउनुभएको छ ।

प्रहरी नियमावली, २०७१ (संशोधन  सहित)को नियम २७ को उप-नियम (४) अनुसार पोखरेललाई सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

समन्धित समाचार