भ्रष्टाचार मुद्दामा नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसँग आइतबार विशेष अदालतले बयान लिएको छ।
वाइडबडी खरिदमा भएको घोटाला प्रकरणमा कंसाकारले विशेष अदालतमा बयान दिएका हुन्। कंसाकाले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा बयान दिएका हुन्।
उनी नेपाल वायुसेवा निगममा महाप्रबन्धक भएको समयमा खरिद गरिएका दुईवटा वाइडबडी जहाजमा भ्रष्टाचार भएको ठहरसहित अख्तियारले मुद्दा दायर गरेको थियो।
उक्त भ्रष्टाचार प्रकरणमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, महाप्रबन्धक कंसाकारसहित ३० जनाविरुद्ध अख्तियारले जनाविरुद्ध २०८० चैत २२ गते भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो।