गृहमन्त्री लामिछाने र जीबी राईविरुद्ध जाहेरी दर्ता,६४ करोड हिनामिना गरेको आरोप

gb

काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम लगेको भन्दै त्यसका तत्कालीन प्रबन्ध निर्देशक एवं हालका गृहमन्त्री रवि लामिछाने र नेटवर्कका अध्यक्ष जीबी राईविरुद्ध जाहेरी दर्ता भएको छ।

युवराज पौडेलले उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन्। उनले पठाएको जाहेरी हिजो दर्ता भएको निस्सा आफूले प्राप्त गरेको पौडेलले जानकारी दिएका छन्।

जाहेरीमा सहकारी ऐन २०७४ विपरीत राई र लामिछानेलाई सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६४ करोड रुपैयाँ अवैधरुपमा लगेको उल्लेख गरिएको छ।

उनीहरूमाथि तत्काल छानबीन अघि बढाउनुपर्ने माग गरिएको छ। पौडेलले सामाजिक सञ्जालमा समेत उक्त कुरा सार्वजनिक गरेका छन्।

समन्धित समाचार