बुटवलको डेल्टा एजुकेसन मार्टमा बिहीबार साँझ आगलागी

butwal

बुटवलको डेल्टा एजुकेसन मार्टमा बिहीबार साँझ आगलागी भएको छ । अहिले आगो निभाउने काम भइरहेको छ ।

घटनास्थलमा प्रहरी पुगेर आगो नियन्त्रणमा लिने काम भइरहेको इलाका प्रहरी कार्यालयका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।  आगलागी नियन्त्रण गर्न दुईवटा दमकल घटनास्थल पुगेका छन् ।

मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीका कारण मार्टको तेस्रो तलामा रहेको खलकुद र स्टेसनारीका सामनहरु जलेर नष्ट भएका छन् ।

डेल्टा कम्प्लेसको चौथो तल्लामा लागेको आगो बुटवल उपमहानगर पालिका नेपाल प्रहरी र स्थानीय वासिन्दाको प्रयासमा निभाउने प्रयास भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताए । अझै आगो नियन्त्रणमा आएको छैन ।

थप् विवरण आउन बाकी छ !!

समन्धित समाचार