राष्ट्रपति पौडेल स्वदेश फिर्ता

rastra scaled

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर बुधबार बिहान स्वदेश फर्किएका छन् ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे । तर उनकाे स्वागतमा सिंगै मन्त्रिमण्डल समेत विमानस्थल पुगेर लाम लाग्नु उदेकलाग्दाे दृश्य देखियाे ।

राष्ट्रपति पौडेलको स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, नेपालमा रहेका सम्बन्धित देशका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि समेत उपस्थित भएका थिए ।  त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

समन्धित समाचार