ललितपुरको बालकुमारीमा भएको एक दुखद दुर्घटनामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। घटना सोमबार साँझ कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा भएको हो।
प्रदेश ०२-३-००१० ख ५३५७ नम्बरको ट्रकले बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुलीको तीनपाटन गाउँपालिका घर भई भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षीय रमेशकुमार पाण्डेको मृत्यु भएको हो।
ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ।