काठमाडौँबाट ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

cib

काठमाण्डौको कपनबाट झन्डै ६ किलो सुनसहित एक चिनियाँ नागरिक प्रकाउ परेका छन् | केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । चिनियाँ नागरिकको विवरण सीआईबीले खुलाएको छैन ।

सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म केही पनि विवरण सार्वजनिक नगरेको हो । पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको सीआईबी स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

त्यसैगरी सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा २ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेको सीआईबी स्रोतले जानकारी दियो । दास्रो चरणको अनुसन्धान लगभग अब पूरा भएको सीआईबीले जनाएको छ ।

सीआईबीले अहिले भेपमार्फत तस्करी भएको ९ किलो सुन र राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ । सो क्रममा अहिलेसम्म पक्राउ पर्नेको संख्या २० पुगेको छ ।

तस्करीको सुनको कारोबार सजिलो नेपाल र पेवल मोबाइल भुक्तानीमार्फत भएको आरोपमा ७ जना पक्राउ परेका छन् भने सुन तस्करीकै संलग्न भएको आरोपमा १३ जना पक्राउ परेका छन् ।

समन्धित समाचार