डा गोविन्द केसीद्वारा सरकारलाई साता दिने अल्टिमेटम

govinda

डा गोविन्द केसीले आफुले अघि सारेका माग पूरा गर्न थप दुई साताको समय दिएका छन्। यसअघि  एक साताभित्र पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका केसीले बिहीबार विज्ञप्ति जारी गर्दै सरोकारवालाको सुझाव अनुसार सरकारलाई थप २ साताको समय दिने बताएका छन्।

विज्ञप्ति जारी गर्दै केसीले  दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिनु भनी भएको फैसलाको पुनरावलोकनसहित ७ बुँद माग अघि सारेका छन्।

यसैगरी चिकित्सा शिक्षा आयोगका निर्देशक सिफारिश छनोट समिति गठन गरी यथाशीघ्र नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्ने, गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्णरुपमा तुरुन्त संचालन गर्ने, मधेश प्रदेश (बर्दिवास ) , इलाम, उदयपुर र डडेल्धुरामा तुरुन्त निर्माण कार्य सुरु गर्न केसीले माग गरेका छन्।

समन्धित समाचार