२ औं स्वास्थ्य खबर हेल्थ अवार्डका लागि आवेदन खुला, डिजिटल हेल्थ कन्फरेन्स पनि हुँदै

Health award2022 08 02 05 43 22

१२ औं स्वास्थ्यखबर डिजिटल हेल्थ अवार्ड २०८१ का लागि आवेदन खुला गरिएको छ। असार १ गतेदेखि १५ दिनको समयसीमा दिएर आवेदन खुला गरिएको हो। स्वास्थ्य खबर हेल्थ अवार्ड यसपल्ट डिजिटल हेल्थमा केन्द्रीत हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा स्वास्थ्य खबर फाउन्डेसनले डिजिटल हेल्थ कन्फरेन्स तथा स्वास्थ्य खबर हेल्थ अवार्ड गर्न लागेक हो।

आगामी भदौ ७ काठमाडौंमा अवार्ड कार्यक्रम गरिनेछ। अवार्ड विभिन्न ७ बिधामा प्रदान गरिनेछ। स्वास्थ्यमा डिजिटल प्रविधिको प्रयोगलाई जोड दिँदै त्यसको प्रयोगबाट आमजनको स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेलिरहेकाहरुलाई अवार्ड प्रदान गर्न लागिएको हो। डिजिटल हेल्थ कन्फरेन्स पनि हुनेछ। कन्फरेन्समा स्वास्थ्य सेवामा डिजिटल प्रविधिको प्रयोगले पारेको प्रभाव, नयाँ प्रविधि र स्वास्थ्य प्रणालीमा हुनुपर्ने परिवर्तनका विषयमा बहश हुनेछन्।

अवार्डका तथा कन्फरेन्सका लागि आयोजक कमिटी, प्राविधिक कमिटी र जुरी कमिटी गठन गरिएका छन्। उक्त कन्फरेन्स तथा अवार्ड कार्यक्रमको आयोजक समिति संयोजकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा, सदस्य सचिवमा डा मदनकुमार उपाध्याय, सदस्यहरुमा डा कृष्ण पौडेल, डा चुमनलाल दास, कपिल तिमिल्सेना, भोगेन्द्र डोटेल, अनिल न्यौपाने, किमत अधिकारी  र भगवान श्रेष्ठ रहेका छन्।

यसैगरी प्राविधिक समिति डा मदनकुमार उपाध्यायको संयोजकत्वमा गठन गरिएको छ। सदस्यहरुमा डा पुष्पराज पौडेल, डा समिरकुमार अधिकारी, राजेन्द्र पौडेल, कपिल तिमिल्सेना, प्रवीण ढकाल, प्रकाश बोहरा, रमेशराज सुवेदी र तिर्थराज सिन्हा रहेका छन्।

यसैगरी अवार्डका लागि कपिल तिमिल्सेनाको अध्यक्षमा जुरी कमिटी गठन गरिएको छ। भोगेन्द्र डोटेल,  डिबी खड्का सदस्य रहेका छन्  भने राजेन्द्र पौडेल आमन्त्रित सदस्य छन्।

अवार्डका लागि आफैंले आवेदन तथा अरु कसैले सिफारिस गर्न सक्नेछन्। आवेदन गर्दा वा सिफारिस गर्दा संस्थाको नाम, गरेको काम, अवार्डको विधा उल्लेख गर्नुपर्नेछ। आवेदन वा सिफारिस  skhealthaward@gmail.com मा पठाउन सकिनेछ। अवार्ड र कन्फरेन्सका लागि स्वास्थ्य खबर फाउन्डेसनको बेबसाइट https://www.swasthyafoundation.org/ मा गएर रजिस्ट्रेसन पनि गर्न सकिनेछ।

समन्धित समाचार