मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई अर्ब बढी बिगोको मागदाबी लिइएको परामर्शदाता कम्पनी इप्टिसा र बीईटीएस जेभीका डेपुटी टिम लिडर शिवकुमार शर्मा जम्मा २५ हजार धरौटीमा छुटेका छन्।
अख्तियारले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा सरकारी कर्मचारी, ठेकेदारसहित परामर्शदाता कम्पनी इप्टिसा र बीईटीएस जेभीका डेपुटी टिम लिडर शर्मालाई समेत प्रतिवादी बनाएको थियो।
शर्माविरुद्ध ४८ करोड ३६ लाख रुपैयाँ, कम्पनीविरुद्ध ८७ करोड ५८ लाख रुपैयाँ र निर्माण व्यवसायी सीएमसी रेभेनाविरुद्ध ६५ करोड १४ लाख रुपैयाँ बिगो माग दाबी भएकोमा विशेष अदालतले आइतबार २५ हजार धरौटी मागेको थियो।