आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलाको ४ हजार २०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बिहीबार तोलाको २ लाख ९५ हजार २०० रुपैयाँ रहेको सुनको भाउ आज २ लाख ९१ हजार रुपैयाँमा झरेको छ ।
चाँदीको मूल्य पनि तोलाको २७० रूपैयाँले घटेर ४ हजार ७१० रुपैयाँमा झरेको छ ।





