४२ सयले घढ्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि भारी गिरावट

आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलाको ४ हजार २०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो बिहीबार तोलाको २ लाख ९५ हजार २०० रुपैयाँ रहेको सुनको भाउ आज २ लाख ९१ हजार रुपैयाँमा झरेको छ । 

चाँदीको मूल्य पनि तोलाको २७० रूपैयाँले घटेर ४ हजार ७१० रुपैयाँमा झरेको छ ।