प्रदेश १ ले माग्यो २५ स्टाफ नर्स, ५० प्रतिशत जाेखिम भत्ताकाे सुविधा पनि

Nurturing nurses 20200226112819

काठमाडौं, ८ असोज-प्रदेश १ सरकारले कोभिड-१९ नियन्त्रणका लागि २५ जना स्टाफ नर्स भर्ना गर्ने भएको छ ।सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गरी कोसी अस्पताल र कोभिड-१९ उपचार केन्द्रका लागि करार सेवामा स्टाफ नर्स पाँचौ तहमा भर्ना आह्वान गरेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका उम्मेदवारले १४ असोजभित्र दरखास्त दिन सक्नेछन् ।करार सेवा भर्ना हुने कर्मचारीले तलबस्केलसहित ५० प्रतिशत जोखिम भत्ता लगायतका सुविधा प्राप्त गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

समन्धित समाचार