तोलाको २ लाख तीन हजार पुग्यो सुनको भाउ

नेपाली बजारमा आइतबार सुनको मूल्य थप बढेको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुनको मूल्य आइतबार तीन हजार रूपैयाँले बढेको हो । 

अघिल्लो दिनको कारोबारको तुलनामा आज सुन प्रतितोला तीन हजार रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख तीन हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।आइतबार  चाँदीको मूल्य पनि बढेको छ  ।

महासंघका अनुसार शुक्रबार २३ सय ६० रूपैयाँ कारोबार भएको चाँदी आइतबार २४ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।