नेपाली बजारमा आइतबार सुनको मूल्य थप बढेको छ । शुक्रबार प्रतितोला २ लाख नाघेको सुनको मूल्य आइतबार तीन हजार रूपैयाँले बढेको हो ।
अघिल्लो दिनको कारोबारको तुलनामा आज सुन प्रतितोला तीन हजार रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख तीन हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।आइतबार चाँदीको मूल्य पनि बढेको छ ।
महासंघका अनुसार शुक्रबार २३ सय ६० रूपैयाँ कारोबार भएको चाँदी आइतबार २४ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ ।





