मुगुकाे आँखा उपचार केन्द्रमा औषधि अभाव, बिरामी मेडिकल धाउन बाध्य

26111983 1574202069332100 8097578478837766975 n

भदौ, ३१ मुगु – मुगुकाे छायाँनाथ रारा नगरपालिका-१ गमगढी बजारमा रहेको जिल्ला आँखा उपचार केन्द्रमा औषधि र चस्माको अभाव भएको छ ।
दुई महिनादेखि औषधि, चस्मा भएपछि आँखासँगै नाक-कानको उपचार पनि प्रभावित भएको छ । बिरामी निजी मेडिकल धाउन बाध्य छन् ।

हिमालय आँखा अस्पताल पाेखराबाट औषधि र चस्मा माग गरिएको जिल्ला आँखा उपचार केन्द्र मुगुका इन्चार्ज धुव्र बुढथापाले बताए ।

दुबै आँखामा समस्या आएपछि छायाँनाथ रारा-४ भामवाडाका गुरुप्रसाद रावल आँखा उपचार केन्द्र पुगेका थिए । तर, औषधि नहुँदा उनको उपचार हुन सकेन ।

केन्द्रमा हरेक दिन २० देखि ३० जना बिरामी आउने गरेकाे बुढथापाले बताए । २०६८ मा स्थापना भएको उपचार केन्द्रमा हालसम्म २१ हजार १४७ जनाले सेवा लिइसकेका छन् ।

समन्धित समाचार