नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर रायलाई पक्राउ गरेको छ । सल्यान घर भएका रायलाई सीआईबीको टोलीले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो ।
कर्णाली डेभलपमेन्ट बैंकको पदमा रहँदा बैंकमा बचतकर्तामार्फत संकलन भएको २५० करोड (साढे २ अर्ब) भन्दा बढी रकम हिनामिना गरेको आरोपमा रायलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । हाल उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकसँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।